९ आश्विन २०७८, शनिबार
  • तारा आचार्य,

विराटनगर । विराटनगर महानगरपालिका १४ जतुवाबाट १७ केजी लागूऔषध गाँजासहित एक महिलालाई पक्राउ गरेको छ ।

आप्mनै घरमा गाँजा लुकाएर राखेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टालीले घरबाटै शनिवार दिउसो १७ केजी गाँजा बरामद गरेको थियो ।

आप्mनै घरबाट २५ वर्षीया आरतीदेवी यादवलाई नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ । आरतीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV