९ आश्विन २०७८, शनिबार

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले जनता समाजवादी पार्टी विभिन्न गुट उप-गुटको पार्टी भएको टिप्पणी गरेका छन् ।

पार्टीको कार्यविशेषले शनिवार जनकपुरधाम पुगेका महन्थ ठाकुरले लोसपामा गुट-उपगुट रहेको आरोप निराधार रहेको भन्दै जसपामा नै गुट उपगुट रहेको बताएका हुन् ।

उनले लोसपालाई सानो गुट भन्नेहरुलाई पहिले आफ्नो घरमा नियाल्न सुझाव दिए । त्यस्तै अध्यक्ष ठाकुरले एमसीसीलाई अहिले हौवा बनाएको वताउदै एमसीसीलाई संसदमा आएपछि मात्र आफनो पार्टीको आधिकारिक धारणा बनाउने बताए ।

यद्यपी उनले आफूहरु एमसीसीको विरोधमा नरहेको उल्लेख गरे । उनले सरकारमा सहभागी हुने बिषयमा कुनै छलफल नभएको बताए । आइतबार बिहान ११ बजेका लागि डाकिएको लोसपा प्रदेश २ संसदीय दलको बैठकमा सहभागी हुन अध्यक्ष ठाकुर जनकपुरधाम पुगेका हुन् ।

ठाकुरको उपस्थितिमा हुने उक्त बैठकबाट संसदीय दलका नेता चयन गरिने बताइएको छ । जनता समाजवादी पार्टी (जसपा)का ५५ सांसदमध्ये मात्र १६ सांसद लोसपा रोजेका छन् । जसमध्ये चार सांसद दलका नेताको आकांक्षी छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV