९ आश्विन २०७८, शनिबार
  • मनोज श्रीवास्तव,

कपिलवस्तु । स्ट्रेन्थ लिफ्टिङ (शारीरिक सुगठन सम्बन्धी) खेलमा तीन पटक विश्व च्याम्पियन भएका भारतीय खेलाडी पेमा दोर्जे भुटियालाई कपिलवस्तुका खेलाडीले सम्मान गरेका छन् ।

बौद्ध धर्मावलम्बी भएकाले घुम्न आएका सिक्किमका भुटियालाई बुद्धस्थल कपिलवस्तुको माटो, बुद्ध मूर्ति र मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा खेलाडी भूटियामार्फत् लुम्बिनी कपिलवस्तुका जनताका तर्फबाट सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङलाई बुद्धस्थल भ्रमण गर्न निम्तो पठाइएको छ । मुख्यमन्त्री तामाङलाई पनि तिलौराकोटको माटो प्रयोग गरेर बनाइएको बुद्धमूर्ति उपहार पठाइएको थियो ।

अन्तर्राष्ट्रिय खेलाडी भूटियाको भ्रमणले नेपालमा पनि स्टे«न्थ लिफ्टिङ खेलको विकास तथा बौद्धधर्मावलम्बीको बाहुल्यता रहेका सिक्किम लुम्बिनी बीच पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने शारीरिक सुगठनका अन्तर्राष्ट्रिय नेपाली खेलाडी जीवन गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV