९ आश्विन २०७८, शनिबार

काठमाडौं । काठमाडौं किंग्स ११ ले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा विजयी सुरुवात गरेको छ । टीयू क्रिकेट मैदानमा शनिबार (आज) भएको उद्घाटन खेलमा काठमाडौंले ललितपुरलाई ७ विकेटले पराजित गरेको हो ।

ललितपुरले दिएको १५८ रनको लक्ष्य काठमाडौंले १४.२ ओभरमा ३ विकेट गुमाएर पूरा ग-यो । काठमाडौंको जितमा रायन ब्रुल र रहमानउल्लाह गुर्बाजले अर्धशतकीय इनिङ्स खेले ।

रायनले अविजित रहदै ७३ रन जोडे भने ३४ बलमा ३ चौका र ७ छक्का प्रहार गरे । त्यसतै गुर्बाजले ३६ बलमा ४ चौका र ४ छक्कासहित ५९ रन बनाए । यता राजु रिजाल १९ रनमा अविजित रहे । त्यस्तै अमित श्रेष्ठ ४ तथा सुवास खकुरेल सुन्य रनमा आउट भए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV