९ आश्विन २०७८, शनिबार
  • महेश पाण्डे,

चितवन । चितवनलगायत देशभरका ६४ जिल्लामा नेपाली कांग्रेसको नगर अधिवेशन चलिरहेको छ । भदौ १८ गतेदेखि वडा हुदै प्रारम्भ भएको अधिवेशन नगर अधिवेशनसम्म आइपुगेको छ । जस अनुसार चितवनका ७ पालिकामा पनि कांग्रेसको चुनावी सरगर्मी बढेको छ ।

नेपाली कांग्रेसको आज (शनिवार)देखि सुरु भएको चितवनको नगर अधिवेशनमा ७ वटै पालिकामा निर्वाचननै हुने देखिएको छ । नेपाली कांग्रेस चितवनका सभापति जित नारायण श्रेष्ठले मिलेर नगर कार्य समिति बन्ने विषयमा अझै छलफल भइरहेको बताएपनि अब भने त्यो सम्भव नभएको बताउछन् भरतपुर महानगर पालिकामा सभापति उमेदवार समेत रहेका कैलाश कोइराला ।

उता रत्ननगरमा सभापतिका उमेदवारको रुपमा रहेका रुपनराज घिमिरेको पनि तर्क त्यही नै रहेको छ । उनले निर्वाचन प्रजातान्त्रिक प्रणाली पनि भएकाले जित र हार जे–जसो भएपनि त्यसलाई स्वीकारेर जानुको बिकल्प भने नरहेको बताए ।

हाल चितवनको भरतपुर महानगर पालिकामा १४६९ जना, इच्छाकामना गाउ पालिकामा १३३ जना, माडी नगरपालिकामा २२१ जना, कालिका नगरपालिकामा २२१ जना, राप्ती नगरपालिकामा २२३ जना, खैरहनी नगरपालिकामा २९३ जना र रत्ननगर नगरपालिकामा ४२५ जना वडा अधिवेशनबाट छनोट भएर आएका मतदाताहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV