९ आश्विन २०७८, शनिबार

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

नेता सिंहले पार्टीमा आमूल परिवर्तन ल्याउनका लागि पनि आफूले सक्दो सहयोग गर्ने बताएका छन् । उनले पार्टीको ‘नम्बर वान म्यान’ भएर काम गर्ने बताएका हुन् ।

उनले नेपाली कांग्रेसले काठमाडौं महानगरपालिका वडा नम्बर १७ ले शनिवार आयोजना गरेको एक कार्यक्रममा नेताहरुले काम नगरेकाले लथालिंग अवस्थामा पुगेको बताए ।

अवसर पाएर पनि काम गर्न नसक्ने नेताहरुलाई राख्न नमिल्ने बताए । १४ औं महाधिवेशनमा पार्टीलाई ठिक नेतृत्वको हातमा दिनुपर्ने भनाइ उनले राखे ।

उनले आफूले अनुभव बोकेको भन्दै पार्टीमा आमूल परिवर्तन ल्याउनका लागि ‘नम्बर वान म्यान’ नै हुनुपर्ने पटक पटक दोहोर्या ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV