९ आश्विन २०७८, शनिबार

काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले नगर र गाउँपालिका अधिवेशनले जनताको मन जित्ने गरी नेतृत्व चयन गर्ने अपेक्षा ब्यक्त गरेका छन् ।

सभापति देउवाले सोसल मिडिया फेसबुकमार्फत् भनेका छन्, ‘तपाईहरुको पार्टीप्रतिको विश्वास र प्रतिवद्धताले कांग्रेसलाई थप बलियो बनाउने छ । जनताको मन जित्नेगरी नगर र गाउँपालिकामा आफ्नो भूमिकालाई प्रभावकारी बनाउनु हुनेछ भन्ने अपेक्षा पनि गरेको छु ।’

शनिबार (आज)देखि कांग्रेसका स्थानीय तहस्तरको अधिवेशन सुरु भएको सन्दर्भमा सभापति देउवाले कोरोना महामारीको समयमा स्वास्थ्य मापदण्डको पालना गरी अधिवेशनमा सहभागी हुन समेत आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘आजदेखि सुरु भएको #नगर र #गाउँपालिका अधिवेशनको प्रक्रियामा सहभागी नेपाली कांग्रेसका नगर र गाउँ प्रतिनिधि साथीहरुलाई हार्दिक स्वागत तथा शुभकामना । #कोभिड–१९ को महामारीको समयमा स्वास्थ्य मापदण्डको पालना गरी अधिवेशनमा सहभागी हुनुहुन अनुरोध गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV