९ आश्विन २०७८, शनिबार

काठमाडौं । आजबाट सुरु भएको एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करणको उद्घाटन खेलमा ललितपुर प्याट्रियट्सले काठमाडौं किंग्सलाई १ सय ५८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ललितपुरले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको हो । ललितपुरका लागि पवन सर्राफले ६१ रनको अर्धशतकीय इनिङ्स खेले, भने पहिलो बलमै कप्तान कुशल भुर्तेललाई सून्य रनमा गुमाएको ललितपुरका लागि पवनले ४४ बलमा ५ चौका र ४ छक्का प्रहार गरे ।

त्यस्तै योगेन्द्र सिंह कार्कीले ३३ रन जोड्दा शंकर रानाले १४ रन बनाए । यता भूटानी खेलाडी रनजुङ मिक्यो दोर्जीले अविजित १७ रन जोड्दा नारायण जोशीले १२ रन बनाए । ओशाडा फर्नान्डो ४ रन संदन विराकोडे २ तथा राशिद खान १ रनमा आउट भए । ललित राजवंशी सुन्य रनमा अविजित रहे ।

काठमाडौंका जितेन्द्र मुखियाले ४ विकेट लिए । रायन ब्रुल र गुलशन झाले २÷२ विकेट लिए । काठमाडौंका कप्तान सन्दीप लामिछाने र शाहिद अफ्रिदीले भने विकेट लिन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV