९ आश्विन २०७८, शनिबार

काठमाडौं । शनिबार नेपाली कांग्रेसको स्थानीय तहको अधिवेशन प्रारम्भअघि गगन थापाले कांग्रेस पुनर्निर्माणका लागि काबिल (योग्य) नेतृत्व छनोट हुने विश्वास राखेका छन् ।

शनिबार सामाजिक सञ्जाल ट्वीटमार्फत् उनले सफल अधिवेशनको कामना गर्दै पार्टी पुनर्निर्माणका लागि काबिल नेतृत्व छनोट हुने विश्वास राखेका छन् ।

उनले लेखेका छन्, ‘नेपाली कांग्रेसको स्थानीय तहका लागि नेतृत्व छनोट गर्न गाउँ÷नगरपालिकाको आधिवेशन आजबाट प्रारम्भ हुदैछ । संघीय संरचनामा स्थानीय तहको विकास, पार्टी संगठन सबलीकरणसँगै पार्टी पुनर्निर्माणको लागि काबिल नेतृत्व छनोट हुनेछ भन्ने विश्वाससहित अधिवेशनको सफलताको कामना गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV