९ आश्विन २०७८, शनिबार

काठमाडौं । नेकपा (एमाले)को जारी केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनका लागि प्रस्तुत तीनवटा दस्तावेजमाथि समूहगत छलफल सकिएको छ । बैठकमा प्रस्तुत राजनीतिक, सांगठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न १० समूह विभाजन गरिएको छ ।

उक्त १० वटै समूहबाट टोली नेता चयन भएका छन् । उनीहरूले छलफलको निष्कर्ष सुनाउने बताइएको छ । जानकारी अनुसार प्रदेश नं. १ बाट हिक्मत कार्की, प्रदेश नं. २ बाट रामचन्द्र मण्डल, बागमती प्रदेशबाट आनन्द पोखरेल, गण्डकी प्रदेशबाट जगत विश्वकर्मा चयन भएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशबाट दलबहादुर राना, कर्णाली प्रदेशबाट यमलाल कँडेल, सुदूरपश्चिम प्रदेशबाट कर्ण थापा चयन भएका छन्, भने उपत्यका विशेषबाट माधव ढुंगेल र जनवर्गीय संगठन तथा विभागहरुबाट खिमलाल भट्टराईले चयन भएका छन् ।

उक्त समूहगत छलफलको सुझावपछि अध्यक्ष केपी शर्माओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णु पौडेलले जवाफ दिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV