८ आश्विन २०७८, शुक्रबार

ओखलढुंगा । ओखलढुंगामा प्रहरीले नजिकिँदै गरेको दशैँ तिहारजस्ता चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ल प्रहरी कार्यालय ओखलढुंगाले १४ बुँदे सुरक्षा योजना सार्वजनिक गरेको हो ।

कोभिड– १९ को संक्रमण पूर्ण रूपमा नियन्त्रणमा आइनसके पनि चाडवाड नजिकिएकोले स्वास्थ्य सुरक्षा मापदण्डको पालनालाई प्राथमिता दिने प्रहरीको भनाइ छ ।

चाडबाडको बेला हुनसक्ने सम्भावित् चोरी, सवारी दुर्घटना, झै–झगडा, जुवातासजस्ता घटनाहरू नियन्त्रण गर्ने चाडपर्व लक्षित योजनामा उल्लेख छ । त्यसका लागि प्रहरीले छुट्टै ६६ जना प्रहरी टोली खटाउने भएको छ ।

कमाण्ड पोष्ट, गाडी मोबाइल, मोबाइल गस्ती, पैदल गस्ती, यात्रु सहायता कक्ष, ट्राफिक चेकिङ लगायतमा ती जनशक्ति खटाइने जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएसपी गोविन्दराज काफ्लेले बताए ।

विभिन्न आर्थिक कारोबार हुने स्थान र धार्मिक स्थलहरूमा समेत गरी जम्मा २ सय ५५ जना प्रहरी परिचालन हुने डिएसपी काफ्लेले बताए । उनका अनुसार आवश्यकताअनुसार जिल्ला प्रशासन लगायतसँग समन्वय गरी सुरक्षा योजना कार्यान्वयन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV