८ आश्विन २०७८, शुक्रबार

काठमाडौं । उद्योगपति, नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका संस्थापक अध्यक्ष एवं साहित्यिक ब्यक्तित्व बसन्त चौधरीले आफूलाई ‘हृदयाघात’ भएको भन्ने समाचार पूर्णतः असत्य भएको बताएका छन् ।

उद्योगपति चौधरीले घुमफिर गर्ने उद्देश्यका साथ तीन दिनअघि दुबई पुगेको र आफ्नो हृदयाघातको खबर एकदमै निराधार भएको बताएका हुन् । त्यस्तै उनले उपचार गर्नैपरे पनि आफ्नै नर्भिक रहेको बताएका छन् ।

कोरोना महामारीका कारण जीवन नै गुम्सिएजस्तो भएको कारण रिफ्रेस हुनका लागि दुबई गएको उनको भनाइ छ । साथै दुबईमा रहँदा सामान्य स्थास्थ्य चेकजाँच गरेको र आफूलाई केही नभएको उनले बताए ।

‘बसन्त चौधरीलाई हृदयघात भएको कारण दुबईको अमेरिकन अस्पतालमा भर्ना’ भएको समाचार बाहिरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV