८ आश्विन २०७८, शुक्रबार

काठमाडौं । कवि, उद्योगपति र नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका संस्थापक अध्यक्ष बसन्त चौधरीलाई हृदयघात भएको छ ।

दुबई घुमफिरका क्रममा एक्कासी हृदयघात भएपछि उनलाई शुक्रबार त्यहाँको अमेरिकन अस्पातालमा भर्ना गरिएको बताइएको छ ।

चौधरीको स्वास्थ्यमा समस्या आएपछि एन्जियोग्राफी गर्दा मुटुमा समस्या देखिएको उनको अहिले ओपन हार्ट सर्जरी गर्ने तयारी गरिएको पारिवारिक श्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV