८ आश्विन २०७८, शुक्रबार

विराटनगर । विराटनगरमा इन्टरनेट र केवल टिभीलगायतका सूचना प्रविधि प्रदायक निजी कम्पनीहरुले नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको पोल प्रयोग गरेवापतको भाडा नबुझाउदा नेपाल विद्युत प्राधिकरणलाई लाखौँ रुपैया राजस्व घाटा भएको छ ।

विगत ५ वर्ष देखि सम्बन्धित संस्थाहरुले नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रको पोलहरु प्रयोग गरेको भाडा नबुझाउदा लाखौँ घाटामा परेको वितरण केन्द्रका सूचना अधिकारी भरत केसीले जानकारी दिए । उनले भाडा विवादका कारण ०७३ सालयता एक पैसा पनि राजस्व नआएको बताए ।

नेपाल विद्युत प्राधिकरणको विराटनगर क्षेत्रमा करिब २ हजार पोलहरु रहेका छन् । तिनै पोलहरु प्रयोग गरेर सूचनाप्रविधिप्रदायक संस्थाहरुले ग्राहकहरुबाट लाखौं रुपैया कमाईरहेका छन् । विराटनगरमा संचालित ९ वटा सूचनाप्रविधि सेवाप्रदायक संस्थाहरुले विद्युत र टेलिफोनको पोल प्रयोग गरिरहेका छन् ।

नेपाल टेलिकमको पोल प्रयोग गर्नेहरुले भने विगतदुई वर्ष देखि भाडा नबुझाएको नेपाल टेलिकम विराटनगरका सहायक लेखाअधिकृत लक्ष्मी प्रसाद पराजुलीले जानकारी दिए ।
धेरै बर्ष देखि प्रयोग गरेका कारण नेपालविद्युतप्राधिकरण र नेपाल टेलिकमले भाडा नदिएपोल प्रयोग गर्न नदिने जनाएपछि सूचना प्रविधि प्रदायक निजी संस्थाहरुले ग्राहकको सेवा शुल्क बढाउने तयारी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV