८ आश्विन २०७८, शुक्रबार

काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धरले कक्षा १२ को परीक्षा सकेकी छन् । शुक्रबार उनले कक्षा १२ को अन्तिम परीक्षा दिइन्।

परीक्षा सकिएपछि अभिनेत्री मानन्धरले ‘गुडबाई १२’ भन्दै सबैलाई ब्याचलर पढ्न शुभकामना दिएकी छन् । ललितपुरको टौखेलस्थित आफ्नै घर नजिकको किटनी माविमा करिश्माले पढ्दै आएकी थिइन् ।

कक्षा १२ को परीक्षा सकिएपछि उनले शुक्रबार आफ्ना सहपाठीसँगको सामूहिक तस्बिर सामाजिक सञ्जालमा राख्दै कक्षा १२ लाई गुडबाई भनेकी छिन् । साथै उनले आफ्ना सहपाठीलाई ब्याचलरका लागि शुधकामना समेत दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV