८ आश्विन २०७८, शुक्रबार

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ६९० जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १० हजार ५७५ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार १०३ जना र ५ हजार ११५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ८० हजार १५२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १५५० जना कोरोनामुक्त भए, ९ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ५५० जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ५८ हजार ५०४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १५ हजार ६९० जनाको परीक्षण हुँदा हालसम्म कुल ४७ लाख ०३ हजार १०५ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ९ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV