८ आश्विन २०७८, शुक्रबार

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय समिति बैठकमा विधान महाधिवेशनमा पेस गर्ने विभिन्न तीन प्रतिवेदन पेश भएको छ । ललितपुरस्थित तुल्सीलाल प्रतिष्ठानमा बसेको बैठकमा राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव प्रतिवेदन पेश भएको हो ।

यसअघि तीनवटै प्रतिवेदन सुझाव समिति स्थायी कमिटी बैठकबाट पारित भएको थियो । प्रतिवेदनमाथि छलफल गर्न १० वटा टोली बनाइएको छ जसमा सातवटा भौगोलिक समूह, जनसंगठनलाई हेर्ने प्रदेश, विभागीय प्रदेश र विशेष प्रदेश समूह रहेका छन् ।

शनिबार बस्ने एमाले केन्द्रीय समिति बैठकमा समूहगत छलफलको निष्कर्ष पेश गर्ने र पारित गर्ने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । उनले पार्टीमा लामो समयदेखि उत्पन्न जटिलता हल हुन केही समय लाग्ने र १० बुदे समझादारीलाई पूर्णरुपमा कार्यान्वयनको बाटोमा पार्टी उन्मुख रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV