८ आश्विन २०७८, शुक्रबार

काठमाडौं । सरकारले नक्कली कागजपत्र पेश गर्दै इजरायल जानका लागि भन्दै आवेदन दिएका २७९० जनाको आवेदन फारम रद्द गरेको जनाएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य, श्रम र उपभोक्ता हित संरक्षण समितिमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्य प्रसाद गौतमले नक्कली कागजपत्र पेश गर्दै आवदेन दिएको खुलेपनि उनीहरुको आवेदन फारम रद्द गरिएको जानकारी दिए ।

कारवाहीको डरले अझैपनि अन्तर्वाताका क्रममा आफ्ना आवदेन रद्द गरिपाँउ भन्ने निवेदन आएको उनले बताए । ६ हजार ३ सय १७ जनाले परीक्षा दिएकामा दुई हजार ३९ जना उत्तीर्ण भएको र त्यसमध्येपनि १६ सय जना छनौट भएको उनले बताए ।

छनौट भएका १६ सय मध्ये इजरायल सरकारको निकायबाट लटरी प्रथाबाट एक हजार जनालाई मात्र अन्तिम छनौट गर्ने सचिव गौतमले जानकारी दिए । उनले अहिलको प्रक्रिया सकिने बितिकै २५ सयको डिमाण्ड तयारी अवस्थामा रहेको उल्लेख गरे ।

इजराइल जानेले महिनाको दुई लाख पाउने र नेपालको रेमिटेन्स पनि बढ्ने उनको भनाइ छ । त्यस्तै बैठकमा वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेले आवेदकले प्रमाणपत्रहरु, उचाई, तौल, शेक्षिक योग्यता लगायतका कुुरा स्वघोषणा गरी निवेदन दिएकोमा अधिकांशको निवेदनमा त्रुटी देखिएको बताए ।

उनले उत्तरपुस्तिकालाई चिकित्सा शिक्षा आयोगमा लगेर मेसिनले नै जाँच्ने प्रविधिको प्रयोग गरिएकाले नजिताको काम छिटो भएको जानकारी दिए । बैठकमा समिति सदस्यहरुले बैदेशिक रोजगारमा जाने कामदारबाट लिइने शुल्क तोकिएपनि बढी शुल्क बुझाउनुपर्ने गुनासो आएको भन्दै मन्त्रालय र बिभागको ध्यानाकर्षण गराएका थिए ।

जवाफमा मन्त्रालयका सचिव गौतमले बैदेशिक रोजगारमा जाँदा १० हजारमात्र बुझाउनुपर्ने नियमलाई अब परिवर्तन गर्नुपर्ने अवस्था आएको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV