८ आश्विन २०७८, शुक्रबार

नेपालगन्ज । वन्यजन्तु ओसारपोसार मुद्दाका २ जना फरार अभियुक्त पक्राउ परेका छन् ।

बाँकेको राप्ती सोनारी गाउँपालिका ९ बस्ने ४४ वर्षका मनिराम थारु र सोही ठाउँ बस्ने ४३ वर्षका धनिराम थारुलाई वन्यजन्तु ओसारपोसार मुद्दा लागेको थियो । उनीहरुलाई सम्मानित बाँके जिल्ला अदालतले २०७३ असार १२ गतेको फैसलाले ११ महिना १० दिन कैद सजाय तोकिएको थियो ।

फरार सूचीमा रहेका उनीहरूलाइ जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले ५ वर्षपछि अर्थात बिहीवार पक्राउ गरी जिल्ला अदालत बाँकेमा बुझाईएको हाे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV