८ आश्विन २०७८, शुक्रबार

काठमाडौं । समाज कल्याण परिषद्को वर्तमान पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । परिषदका पदाधिकारीहरुले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् ।

परिवर्तित परिस्थितिमा सामुहिक राजीनामा दिइएको परिषदका सदस्य सचिव पुष्कर खातीले जानकारी दिएका छन् ।

राजीनामा दिएको विषयमा र आफूहरुले गरेका कामको विषयमा जानकारी दिन परिषदको कार्यालयमा आज पत्रकार सम्मेलन समेत आयोजना गरिएको खातीले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV