८ आश्विन २०७८, शुक्रबार

काठमाडाैँ । लेमन-लाइम पेय पदार्थ स्प्राइटले “स्क्रिन टाइम प्रमोशनल अभियान” सुरू गरेकाे छ । “चिलिंगको स्टार्ट, मोबाइल र स्प्राइटको साथ” शीर्षकमा सुरू यस अभियानको उद्देश्य धेरै भन्दा धेरै उपभोक्ताहरुसम्म पहुँच पुर्याउनु रहेकाे कम्पनीले जनाएकाे छ ।

यस अभियान अन्तर्गत उपभोक्ताहरुले एउटा बजाज पल्सर १२५ सीसी, एउटा सामसङ ४३ इन्चको टेलिभिजन र ५ वटा सामसङ एफ २२ मोबाइल हरेक हप्ता जित्ने मौका पाउँनेछन् । त्यसैगरी, दैनिक लक्की ड्र अन्तर्गत ५ जना भाग्यशाली सहभागीहरुले हरेक दिन एउटा सामसङ मोबाइल एफ २२ जित्ने मौका पाउँनेछन् ।

कसरी सहभागी हुने ?

यो अफरमा सहभागी हुनको लागि उपभोक्ताहरुले लेबलमा रहेको क्युआर कोड स्क्यान गर्नुपर्नेछ वा सीधै www.sprite.com.np मा लग इन गर्नुपर्नेछ । त्यसपछि उनीहरुले आफ्नो मोबाइल नम्बरसहित लेबल पछाडि रहेको सिरियल नम्बरलाई इन्टर गर्नुपर्नेछ । वैकल्पिक रूपमा, सहभागीहरुले आफ्नो पूरा नामसहित ३४९४९ नम्बरमा लेबलको पछाडि रहेको सिरियल नम्बरलाई एसएमएस गर्न सक्नेछन् ।

यो योजना भाद्र ३०, २०७८ मा शुरू भएको थियो र कार्तिक १८, २०७८ सम्म लागु हुनेछ। यो अफर ५०० मिलिलिटरको स्प्राइटको पीईटी प्याक, १ लिटर, १.५लिटर र २.२५ लिटर किन्दा लागु हुनेछ । यस अफर समावेश नभएका बोतलहरु पनि बजारमा उपलब्ध छन् । नियम र शर्तहरुका विवरण स्प्राइटको आधिकारिक वेभसाइटबाट जानकारी लिन सकिने जनाइएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV