८ आश्विन २०७८, शुक्रबार

 काठमाडौँ । सिद्धार्थ बैंकले आज आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत  ४ लाख ९७ हजार २०० रूपैयाँको चेक जोन्टा क्लब अफ काठमाडौंलाई हस्तान्तरण गरेको छ ।

उक्त कोषलाई जोन्टा अभियानको घरेलु हिंसामा जागरूकता फैलाउनको लागी प्रयोग गरिने छ ।

सिद्धार्थ बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडँेल ज्यूले जोन्टा क्लब अफ काठमाडौँका अध्यक्ष सुश्री सीमा गोल्छा ज्यूलाई चेक हस्तान्तरण गर्नुभयो ।

जोन्टा काठमाडौंले हिंसा पीडित रहेका चेली र महिलाहरुलाई सहयोग गर्न विभिन्न साझेदारहरु संग काम गरिरहेको छ र ललितपुर महानगरीय पुलिस १०० हेल्पलाइन संग पनि सहकार्य गरेको छ ।

सन् २००२ मा स्थापित सिद्धार्थ बैंक बैँकिंग र रेमिट्यान्स सेवाहरु प्रदान गर्ने नेपालको सबैभन्दा ठूलो निजी वाणिज्य बैंकहरु मध्येकाे एक हो । बैंकको देश भरीमा १८० वटा भन्दा बढी शाखाहरु छन् र यसको प्रधान कार्यालय काठमाडौंमा अवस्थित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV