७ आश्विन २०७८, बिहीबार

काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट खेल्नका लागि पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी नेपाल आइपुगेका छन् । पाकिस्तानका अलराउन्डर क्रिकेटर अफ्रिदी विहीबार (आज) काठमाडौं आइपुगेका हुन् ।

शनिबारबाट शुरु हुने चौथो संस्करणको ईपीएल असोज २३ गतेसम्म चल्नेछ । अफ्रिदीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ईपीएलका निर्देशक अमिर अख्तरले स्वागत गरेका थिए ।

अफ्रिदी सम्मिलित टोली ‘काठमाडौं किंग्स इलाभेन’का पदाधिकारी पनि उनको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

नेपाल र नेपालीले दिने सम्मान राम्रो भएको भन्दै अफ्रिदीले नेपालको भ्रमण गर्न पाउँदा खुसी लागेको प्रतिक्रया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV