७ आश्विन २०७८, बिहीबार

काठमाडौं । ललितपुर प्याट्रिओट्सले कप्तानी अब कुशल भुर्तेलले निभाउने भएका छन् ।

यस अघि नियमित कप्तान एवं राष्ट्रिय टोलीका समेत कप्तान रहेका ज्ञानेन्द्र मल्लले एभरेष्ट प्रिमियर लिग ईपीएल नखेल्ने घोषणा गरेसंगै ललितपुरले भुर्तेललाई कप्तानको जिम्मेवारी दिएको हो ।

ललितपुर प्याट्रिओट्सका कप्तान मल्लले बिहीबार अपरान्ह व्यक्तिगत कारणबाट ईपीएल खेल्न नसक्ने जानकारी गराएपछि क्लबले यो निर्णय लिएको हो ।

ललितपुर प्याट्रिओट्सका क्रिएटिभ हेड्स आदर्श पोखरेलले न्यूज २४ संग कुरा गर्दै क्लबले ईपीएलका लागि आवश्यक तयारी गरिसकेको जानकारी दिदै भुर्तेललाई कप्तानीको जिम्मेवारी दिइएको बताउनु भयो ।

ईपीएल पर्सि असोज ९ गते शनिबारदेखि २३ गतेसम्म कीर्तिपुर स्थित त्रिभूवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV