७ आश्विन २०७८, बिहीबार

एजेन्सी । भारतको उडिसामा एक व्यक्तिले २० वटा कुकुरलाई विष खुवाएर मारेका छन् । उडिसाको कटाक जिल्लाका मिठाई पसलेले ती भुस्याहा कुकुर मारेका हुन् । रातभर भुकेको र बिहान उठ्दा पसलमा फोहोर गरेको झोंकमा उनले कुकुर मारेको बताएका छन् ।

मिठाई पसल नजिकैको एउटा खोंचमा १० वटा कुकुर फालेको स्थानीयले देखेपछि ती पसलेमाथि शंकाको सुई तेर्सिएको थियो । बाँकी दशवटा मृत कुकुर पसलबाट केही किलोमिटर टाढा भेटिएका थिए ।

रातभर कुकुर भुकेर सुत्न नपाएपछि आफूले खानेकुरामा विष हालेर कुकुर मारेको उनले स्वीकारेका छन् । हाल प्रहरी हिरासतमा रहेका उनलाई भारतको दण्ड संहिता र जनावरसम्बन्धी ऐनअन्तर्गत कारबाही हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV