७ आश्विन २०७८, बिहीबार

काठमाडौँ । २०७७ सालको मदन पुरस्कारबाट ‘लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह’ का लेखक अध्येता भगिराज इङ्नाम सम्मानित हुने भएका छन् ।

बिहीबार बसेको मदन पुरस्कार गुठीको साधारण सभाले ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’ पुस्तकका लागि इङ्नामलाई मदन पुरस्कार दिने निर्णय गरेको हो ।

मदन पुरस्कारका लागि २ सय २२ पुस्तकमध्येबाट ९ वटा पुस्तक छनोटमा परेका थिए । यस्तै बैठकले भैरवबहादुर थापालाई जगदम्बा–श्री पुरस्कार दिने निर्णय गरेको छ ।

दुवै पुरस्कारको राशि जनही ४ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV