७ आश्विन २०७८, बिहीबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी बैंशाखभित्र सबै नागरिकलाई कोरोनाबिरुद्धको खोप दिने सरकारको लक्ष्य रहेको बताएका छन् ।

विहीबार काठमाडौंमा हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री देउवाले सरकार सबै नागरिकलाई खोप प्रदान गर्न प्रतिवद्ध रहेको भन्दै बैंशाखभित्र सबै नागरिकलाई कोरोनाबिरुद्धको खोप दिने योजना रहेको बताएका हुन् ।

उनले नेपालको संविधानमा प्रत्याभूत रहेको प्रेस स्वतन्त्रताको बिषयलाई कार्यान्वयन गराउन सरकार प्रतिवद्ध रहेको उल्लेख गरे । तथ्य तथ्यामा आधारित भएर सरकारको आलोचना हुनुपर्ने र यसलाई आफुले सदैव स्वागत गर्ने उनको भनाइ छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठानले यस वर्षको हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कारबाट पत्रकार वासुदेव बर्मालाई पुरस्कृत गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV