७ आश्विन २०७८, बिहीबार

काठमाडौं । नेपाली सेनाको ‘प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७८’ बिहीबारदेखि सुरु भएको छ । काठमाडौंको भद्रकालीस्थीत जङ्गी अड्डामा आयोजना गरिएको बैठकको प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवाले सेनाद्वारा भइरहेका विकास निर्माणका कार्यलगायत सेनाले सञ्चालन गर्न योजना गरेका दीर्घकालीन महत्वका कार्यहरुमा श्रोतको सुनिश्चितता गर्न सरकारको हरसम्भव प्रयास रहने बताए ।

त्यस्तै प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना जस्तोसुकै परिस्थितिमा पनि संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्न र सरकारका विधिसम्मत आदेशहरु अक्षरसः पालना गर्न कटिबद्ध रहेको बताएका थिए ।

कार्यक्रममा नेपाली सेना र रक्षा मन्त्रालयको तर्फबाट प्रधानसेनापति र रक्षा मन्त्रालयका सचिवबीच कार्य सम्पादन सम्झौता समेत भएको थियो । बैठकमा महानिर्देशनालय, निर्देशनालय, कार्यालय र विभागका प्रमुखहरु तथा कमाण्ड सेनापतिहरुले वर्तमान वस्तुस्थिति, कार्य समिक्षा प्रस्तुत गर्ने सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV