७ आश्विन २०७८, बिहीबार
  • सुरेश भट्ट,

कञ्चनपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालयक कञ्चनपुरले ७ जना सवारी चालकसहित १० जनालाई सम्मान गरेको छ । विहीबार जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुर, यातायात व्यवस्था कार्यालय र यातायात व्यवसायी तथा मजुदुर संगठनको संयुक्त आयोजनामा गरिएको सवारी चालक अनुशिक्षण तथा अन्तर्क्रिया कार्यक्रममा सार्वजनिक यतायातका सवारी चालकलाई सम्मान गरिएको हो ।

कार्यक्रममा सवारी साधन चलाउदा ट्राफिक नियम पालना गर्ने र लामो समयसम्म चालकको रुपमा रही दुर्घटना हुनबाट जोगाएर यात्रुहरुलाई सकुशल गन्तव्यमा पुर्याउन सफल चालक तथा सह–चालकलगायत यात्राको दौरान ईमान्दारीको साथ प्रहरी पुग्नु भन्दा नै पहिले यात्रुको सामान प्रहरी र सम्बन्धित पक्षसँग पु¥याउने चालकलाई र ट्राफिक नियम पालन गर्ने क्रममा सहयोग गर्ने सहयोगी संस्थालाई सम्मान गरिएको हो ।

सम्मान पाउनेहरुमा सामुदायिक सेवा केन्द्र, ममताज पार्टी प्यालेस, भानुपार्टी प्यालेस, र चालकहरुमा रमेश ब. सिह, सुरेन्द्र बोहरा, रमेस ब. खत्री, जानकी लुहार, गणेश बहादुर खत्री रहेका छन् । उनीहरुले यात्राको दौरान समान भेटाएर प्रहरीलाई बुझाउनेहरु रहेका छन् ।

त्यस्तै ४० वर्षदेखि निरन्तर रुपमा लामो समय र छोटो दूरीको यतायातका सवारी साधन चलाउदा हालसम्म ट्राफिकको नियम पालन गरेर चलाएको र अफ्नो उमेरसम्म दण्ड सजाय तिर्न नपरेको बताउदै भन्दै ट्राफिक प्रहरीले सम्मान गर्दा निकै खुशी लागेको सवारी चालक बताउछन् ।

सवारी साधन चलाउदा ट्राफिक नियम पालना नगर्ने चालकलाई ट्राफिकले चिट काट्ने र दण्ड सजाय दिने गर्दछ तर, यात्राको दौरान ईमान्दारीको साथ काम गर्ने चालकलाई ट्राफिकले नै सम्मान गर्दा झन उनको हौसला बढ्ने र अगामी दिनमा समेत इमानदारी रुपले कार्य गर्न प्रेरित गर्ने भएकालो सवारी चालकलाई सम्मान गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक केशव भट्टले जानकारी दिए ।

नेपालमा हरेक दिन सवारी दुर्घटनाबाट २ जनाको मृत्यु भइरहेको र यसलाइ रोक्न ट्राफिक प्रहरीले मात्रै नसक्ने र सम्पूर्ण चालकको सहयोगमा चालकहरुले ट्राफिक नियमको पालना गर्न सके र इमान्दारीताका साथ आफ्नो कार्य गरे पक्कै पनि सवारी दुर्घटनामा न्यूनीकरण हुने सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख नायब महानिरीक्षक पुरुषोत्तम कडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV