७ आश्विन २०७८, बिहीबार

गुल्मी । गुल्मीको मालिका गाउँपालिका (जेरो होमडेलिभरी) जिल्लाकै पहिलो पुर्ण संस्थागत प्रसुती गाउँपालिका घोषणा गरिएको छ ।

बिहीवार एक समारोहका बीच मालिका गाउँपालिकालाई पुर्ण संस्थागत प्रसुती गाउँपालिका घोषणा गरिएको हो ।

उक्त गाँउपालकालाई जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीद्धारा पुर्ण संस्थागत गाउँपालिका घोषणा गरिएको हो ।

वि.सं.२०७५ साल देखि गाउँपालिका भित्र रहेका सुत्केरीको घरमा हरियो झण्डा , हातहातमा अन्डा कार्यक्रम लागू गरि स्वास्थ्यकर्मीलाई समेत तालिमको व्यवस्था गर्दैका साथै थप प्रोत्साहनका कार्यक्रम गर्दै आएको थियो ।

प्रसुतीको विषयलाई जनतालाई सुसुचित गराउदै आएर हाल पुर्ण संस्थागत प्रसुती गाउँपालिका घोषणा गर्न हुन पाउँदा खुसी लागको छ, स्वास्थ्य शाखा प्रमुख वसन्त भुसालले भने ।

गर्भवती महिलाहरुलाइ घरबाट स्वास्थ्य संस्थासम्म र स्वास्थ्य संस्थाबाट घरसम्म जानका लागि ८ वटै वडामा निशुल्क एम्बुलेन्सकोव्यवस्था समेत गरिएको भुसालले जानकारी दिए।

घरमै सुत्केरी गराउँदा जोखिम रहने भएको र विगतमा कयौं महिलाको ज्यान समेत गएकोले अब त्यस्तो अवस्था अन्त्य भएको गाउँपालिका उपाध्यक्ष देवा अर्याल रिजालले बतान् ।

सदरमुकाम तम्घासबाट ४० किमि दुरिम्मा रहेको मालिका गाउपालिका उत्तर बागलुङको सिमानामा रहेको छ ।

गाँउपालिकाले पालिकावासीलाई सहज रुपमा स्वास्थ्यसेवा दिन सफल भएकोमा वडा ६ अध्यक्ष एव गाउँपालिका सामाजिक बिकास समिती संयोजक शोभागर गिरिले खुसी व्यकत गरेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले जिरो होम डेलिभरी सेवा दिनका लागि ९ जना स्वास्थ्यकर्मी पालिकाले तलव खुवाउने गरि नियुक्ति गरेको र ७१ जना स्वास्थ स्वयंसेविहरुलाइ केन्द्र सरकारले तिने भत्ताको सतप्रतिशत भत्ता पालिकाले नै उपलब्ध गराउने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV