७ आश्विन २०७८, बिहीबार

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपालको नेतृत्वमा बनेको नयाँ पार्टी बनाउन आफुहरुको पनि मेहनत रहेको बताएका छन् ।

बिहीबार काभ्रेमा आयोजित कार्यक्रममा उनले नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी गठनमा आफ्नो समेत मिहिनेत रहेको भन्दै उनले कम्युनिस्ट घटकसँग केन्द्रदेखि स्थानीय तहसम्मै सहकार्य गरेर अघि बढ्न निर्देशन दिएका छन् ।

प्रचण्डले भने, ‘माधवजी, झलनाथजीको अर्को पार्टी बनाउनमा हाम्रो कम मेहनत छैन’ । तपाईहरुपनि समाजवादीका साथिहरुसंग सहकार्य गरेर अगाडि बढ्नुहोला ।

साथै, उनले सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले बाबुराम, मोहनविक्रम, मोहन वैद्य, र विप्लवसहितका नेताहरूसँग छरिएका कम्युनिस्टहरूलाई एकै ठाउँ ल्याउन छलफल भइरहेको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV