७ आश्विन २०७८, बिहीबार

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् खरिद सम्झौता (पीपीए) मा पनि प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् ।

संसदको विधायन व्यवस्थापन समितिमा विद्युत् विधेयकमाथि संसदको विधायन व्यवस्थापन समितिमा जारी छलफलमा घिसिङले भएको छलफलमा घिसिङले विद्युत् खरिद सम्झौता (पीपीए) मा पनि प्रतिस्पर्धा हुनुपर्ने बताएका हुन् ।

घिसिङले उपभोक्तालाई सस्तोमा बिजुली दिनसक्ने अवस्था बनाउनका लागि पनि पीपीए दरमा प्रतिस्पर्धा गर्नुपर्ने बताएका हुन् ।

हाल पीपीएमा प्रतिस्पर्धा हुँदैन । पीपीएमा प्रतिस्पर्धा हुने व्यवस्था प्रस्तावित विधेयकमा पनि छैन । विद्युत् उत्पादकले लाइसेन्स लिने क्रममा प्रतिपर्धा हुन्छ तर पीपीएमा ‘फिक्स्ड प्राइस’ हुने व्यवस्था छ ।

पीपीएमा प्रतिस्पर्धा नहुँदा सस्तोमा उत्पादन भएको विद्युत् पनि महँगोमा खरिद गर्नुपरेको र राम्रा परियोजना अगाडि बढाउन नसकिएको भन्दै घिसिङले पीपीएमा प्रतिस्पर्धा गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV