७ आश्विन २०७८, बिहीबार

काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक आज पनि बस्दैछ । यसअघि बुधबार बसेको बैठक विनानिष्कर्ष टुंगिएपछि त्यसैलाई निरन्तरता दिँदै बैठक बस्न लागेको हो ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यअसघि बुधबारको बैठकमा मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल भएपनि कुनै निर्णय हुन सकेन ।

आजको बैठकले मन्त्रिपरिषद् विस्तारको विषय टुंगो लगाउने बताइएको छ । यसअघि मंगलबार बेलुका बसेको गठबन्धनको बैठकले कांग्रेस नेता नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने निर्णय गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV