७ आश्विन २०७८, बिहीबार

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालको अध्यक्षमा प्रदीपराज वन्त चयन भएका छन् । १२ औं केन्द्रीय अधिवेशनबाट वन्तको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

बुधबार सम्पन्न उक्त कार्यक्रममा राजेन्द्र चित्रकारको संयोजकत्वमा रहेको तत्कालीन कार्यसमिति भङ्ग गरी निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो । वरिष्ठ उपाध्यक्षमा कृष्ण खड्का, महिला उपाध्यक्षमा भगवती थापा, महासचिवमा नवराज श्रेष्ठ, कोषाध्यक्ष सागर श्रेष्ठ र सचिवमा मुकुन्द कालिकोटे चयन भएका छन् ।

त्यस्तै केन्द्रिय सदस्यहरूमा घनश्याम श्रेष्ठ, हरिश सिंह नगाल, आर्यन धिमाल, शिला तिमीलसिना, प्रविण कुलुङ राई , रमिता छुँजु र प्रदीप कुमार श्रेष्ठ चयन भएका छन् ।

कार्यक्रम काठमाडौँमा महानगरपालीकाका मेयर विद्या सुन्दर शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको थियो । शाक्यले आगामी दिनमा काठमाडौं उपत्यकाको सास्कृतिक महत्वलाई मनन गरी सस्थासंग मिलेर काम गर्ने बताए ।

एनएफपिजे हरि गोपाल फोटो पत्रकारिता पुरस्कार २०७६ र ७७ बाट मनोरन्जन तर्फ नवराज वाग्ले र कपिल खड्का, खेलकुद विधामा सत्यम श्रेष्ठ र उज्जवल डंगोल, पर्यापर्यटनतर्फ नारायण सिलवाल र प्रेम थापा, सस्कृति समपदातर्फ सोभा मर्हजन र प्रदीप शाक्य र साहासिकतर्फ मुकुन्द कालीकोटे र पूर्णीमा श्रेष्ठलाई प्रमाण पत्र र तामाको तक्मा प्रदान गरिएको थियो ।

त्यस्तै पूर्व शसत्र प्रहरी नायव महानिरिक्षक माधव थापाको नाममा स्थापना गरिएको माधव थापा जोखिम पूर्ण फोटोपत्रकारिता पुरस्कार शुसील कुमार श्रेष्ठलाई प्रदान गरिएकाे थियाे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीले वधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV