७ आश्विन २०७८, बिहीबार

ब्रसेल्स । तमु धिं बेल्जियमको अधिवेशनले प्रबिना गुरुङलाई अध्यक्ष निर्बाचित गर्दै भब्य रूपमा सम्पन्न भएकोछ ।

यसैहप्ता अन्त्वरपेन शहरमा भएको अधिबेशनले उपाध्यक्षमा संगीता गुरुङ र आशबहादुर तमु, महासचिवमा कमल तमु सचिवमा सञ्जय तमु, कोषाध्यक्ष अन्जना तमु,सहकोषाध्यक्ष सुष्मा तमु र सदस्यहरुमा तारा तमु, ईन्द्र तमु र सौमन तमुलाई निर्वाचित गरेकोछ ।

निवर्तमान महासचिव गडुलंध्वज , जिमी गुरुङ तमुले प्रस्तुत गर्नु भएको प्रगति प्रतिबेदन र कोषाध्यक्ष अन्जना तमुको आर्थिक प्रतिबेदन पनि सर्वसम्वतिले अधिवेशन पारित गरेको थियो ।

सो अधिवेसनको उद्घाटन बेनेलक्स र युरोपियन युनियनका लागि नेपाली राजदूत गेहेन्द्रराजभन्डारीले गर्नु भएको थियो । कोभिड महामारिमा मृत्‍यु भएकाहरुको सम्झनामा मौनधारणबाट शुरू गरिएको कार्यक्रममा राष्ट्रिय गीत सहित पानसमा दीप प्रज्वलन गरि महामहिम राजभण्डारीले उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा शुभकामना दिदै राजदूत राजभन्डारीले आफ्नो पहिचान र कला संस्स्कृति संरक्षणमा संस्थाले गरेको कामको प्रशंशा गर्दै भबिष्यमा पनि मिलेर नेपाल र नेपालीको लागि काम गर्न सुझाव दिनुभयो ।

अतिथी एनआरएनए बेल्जियमका अध्यक्ष खड्क बहादुर केसीले मेलमिलाप र एकताले समाजमा धेरै काम गर्न सकिने भएकोले एनआरएनएसँग पनि सहमति र सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताउनुभयो ।

तमुधि बेलजियमका सल्लाहकार रामबहादुर गुरुङ, एनआरएनए आइसीसी सदस्य एवं पासा पुच बेल्जियमका अध्यक्ष रोसन जोशी, जन प्रगतिशिल मोर्चा युरोप अध्यक्ष बिष्णु भुजेल लगायत बिभिन्न संस्थाका पदाधिकारी एबम प्रतिनिधिहरुले संस्थाको दोश्रो अधिबेशनको सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो ।

तमु धिं बेल्जियमका निबर्तमान अध्यक्ष नबिन तमुको सभापतित्वमा भएको अधिबेशनको सन्चालन जिमी गुरुङ तमु र अतिथिहरुलाई स्वागत मनिष तमुले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV