६ आश्विन २०७८, बुधबार
  • भगतराम थारु,

नेपालगञ्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र विकास विरोधी भएको आरोप लगाएका छन् । बुधबार (आज) बाँकेको नेपालगञ्जमा भएको नेकपा एमाले बाँकेको जिल्ला भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले जनताको हित विपरित काम गरेको र राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र विकास विरोधी भएको आरोप लगाएका हुन् ।

त्यस्तै उनले अदालतको परमादेशबाट बनेको सरकारले यसअघिको बिकास आयोजनालाई हटाएको बताए । विद्वान व्यक्तिहरुलाई राजदूतावासबाट फिर्ता बोलाउनु, भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्नु र पार्टी विभाजनलाई सजिलो बनाउनका लागि अध्यायदेश ल्याउनुले वर्तमान सरकारको नालाएकीपन छरपस्ट भएको उनले बताए ।

त्यस्तै अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले जनता आवास अन्र्तगत बनेका १२ हजार घर, एदैदिन शिलान्यास गरिएका ३१ वटा सडक पुल तथा २ सय १० वटा ससडक बाटो र ३ सय ९६ वटा अस्पताल एकैदिन शिलान्याश गरेर विकासका कामहरुलाई तिव्ररुपमा अघाडि बढाएको तर्क गरे ।

अर्को प्रसंगमा अध्यक्ष ओलीले पार्टीलाई एक ढिक्का बनाएर लैजान स्थानीय नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । उनले भने, ‘अलिकति पार्टी चोइटियो । माधव नेपाल सानो चोक्टो लिएर गए । उनको साथमा थोरै मान्छेहरु छन्, टिभीमा बोल्ने एक÷दुई जना मात्रै छन् ।’

उनले पार्टी कमजोर भयो कि भन्नेमा कुनै चिन्ता नलिन कार्यकर्तालाई आग्रह पनि गरेका छन् । मेचीदेखि महाकालीसम्म एमाले नै बलियो रहेको उनको दाबी छ । त्यस्तै उनले अहिलेको सरकारलाई विकास विरोधी मोर्चाको संज्ञा दिएका छन् ।

अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले तीब्र गतिमा गरिरहेको विकासलाई देख्न नसकेर मोर्चाबन्दी बनेर सरकार ढालेको टिप्पणी गरे । उनले शिक्षा, स्वास्थ्यका क्षेत्रमा आफ्नो नेतृत्वको सरकारले महत्वपूर्ण काम गरेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV