६ आश्विन २०७८, बुधबार

एजेन्सी । ऋणमा डुबेको विशाल चिनियाँ घरजग्गा कम्पनीलाई केही राहत मिलेको छ ।

एभरग्य्रान्डेको सम्पतिसम्बन्धी शाखाले बिहीबारसम्म तिरिसक्नुपर्ने ऋणपत्रको ब्याज भुक्तानीका लागि एउटा सम्झौता भइसकेको जनाएको बीबीसीमा उल्लेख छ।
कम्पनीले तीन करोड ५९ लाख डलर बराबरको आन्तरिक ऋणपत्रको ब्याज भुक्तानी गर्नुपर्ने बताइएको छ।

यो घोषणासंगै ऋणमा डुबेको यो कम्पनीबारे चिन्तित लगानीकर्ताहरूले राहत महसुस गर्ने विश्वास गरिएको छ। तर सो कम्पनीले विदेशी ऋणपत्रमा तिर्न बाँकी ८ करोड ४० लाख डलर ब्याजको भाका पनि बिहीवार पुग्दैछ।

चिनियाँ सेन्जेन स्टक एक्सचेन्ज कम्पनीलाई उपलब्ध गराइएको विवरणमा उक्त हेङ्दा घरजग्गा व्यवसाय समूहले ऋणपत्रमा भुक्तानीका लागि लगानीकर्ताहरूसंग सम्झौता भइसकेको जनाएको छ।

ब्याज तिरिर्ने रकम र समयबारे उल्लेख नगरेको भएपनि तिर्नुपर्ने रकमबारे गोप्य वार्ताबाट समाधान भइसकेको बताइएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV