६ आश्विन २०७८, बुधबार

काठमाडौं । ‘बाहुबली’फेम अभिनेता प्रभाषको आगामी फिल्म ‘Salaar’मा बिग बोस ओटीटी विजेता दीव्या अग्रवाललाई अफर गरिएको छ । भारतीय सञ्चार माध्यमका अनुसार करियरको पिकमा रहेकी दीव्या अग्रवाललाई प्रभाषको फिल्म सलारमा एक विशेष भूमिकाको लागि अफर गरिएको छ ।

अभिनेत्री दीब्याको नामलाई लिए हालसम्म अफिसियल घोषणा भने गरिएको छैन । प्रभाषको ‘Salaar’मा दीव्या अग्रवाल पनि आबद्ध हुने समाचार बाहिरिएसँगै ठूलो पर्दामा हेर्न चाहने उनका फ्यानहरु निकै उत्साहित भएका छन् ।

यदि समाचारमा भनिएअनुसार प्रभाषको ‘सलार’मा दीव्या आबद्ध भएमा यो उनको लागि ठूलो अवसर हुनेछ । प्रभाषसँग फिल्म गर्नु अभनेत्री दीव्याका लागि गेम चेञ्जर सावित हुनेछ ।

‘Salaar’ फिल्ममा प्रभाष र अभिनेत्री श्रुति हसन मुख्य भूमिकामा रहेका छन् । केही समय अगाडि मात्रै जगपत बाबुले ‘Salaar’मा प्रभाष र श्रुति हसनलाई आबद्ध गरेका हुन् । यस फिल्ममा उनले राजामनारको भूमिका निभाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV