६ आश्विन २०७८, बुधबार

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार शीतल निवासमा राष्ट्रपति बिद्यादेवी भण्डारीले खड्कालाई शपथ खुवाएकी हुन् ।

मन्त्री खड्कालाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बुधबार परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी हुन् । शपथ लगतै मन्त्री खड्काले सिंहदरबार पुगेर पदबहाली गरेका छन् ।

पदबहाली गर्दै मन्त्री खड्काले सवै राष्ट्रसंगको सम्बन्धनलाई सन्तुलन कायम गर्दै सरकार अघि बढ्ने बताए । परराष्ट्र नीति राष्ट्रिय हितको विषय भएकाले सबै दलको सहमति समेतलाई ध्यान दिएर, सबै नेताहरुसँग परामर्श र सहमतिका साथ अघि बढाइने उनले बताए ।

एमसीसीलाई आफूले प्राथमिकतामा नराखेको र संयुक्त राष्ट्रसंघको भेलामा नेपालको कुटनीतिक बिषयलाई उठाउने उनको भनाइ छ । मन्त्री खड्काले परराष्ट्र मन्त्रालयलाई आधुनिक र प्रविधियुक्त बनाउने आफ्नो प्राथमिकता भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV