६ आश्विन २०७८, बुधबार

काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा प्रकरणबारे नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले सार्वजनिक रुपमा अभिव्यक्ति दिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा अघि बढाएको डेढ वर्षपछि सार्वजनिक रुपमा देखा पर्दै आफूमाथि प्रतिशोध साँध्न मुद्धा चलाइएको बताएका छन् ।

बुधबार पत्रकार सम्मेलन गरी बालुवाटार जग्गा प्रकरणबारे गच्छदारले आफूमाथि सुनियोजित रुपमा प्रहार गरिएको पनि बताएका छन्। उनले भने, ‘ललिता निवासमा मलाई राजनीतिक प्रतिशोध साँध्न मुद्दा चलाइयो। मेरो ५० वर्ष लामो राजनीतिक जीवन समाप्त गर्ने खेलमा अख्तियार प्रयोग भयो भन्नुपर्दा अतिशयोक्ति हुँदैन।’

२०७६ माघ २२ गते आयोगलेललितानिवास जग्गा किनबेच प्रकरणमा पूर्वमन्त्री गच्छदारलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। तत्कालीन ओली सरकार रहुन्जेल बालुवाटार जग्गाबारे कुनै अभिव्यक्ति नदिइ फरार रहका गच्छदार सर्वाेच्चको परमादेशबाट देउवा सरकार आएसँगै असार ३० गते विशेष अदालतमा हाजिर भएका थिए। र, धरौटी राखेर उनी रिहा भएका थिए ।

धरौटी बुझाएर रिहा भएका उनले आफूले बल्ल न्याय पाएको पनि त्यतिबेला भनेका छन्।

प्रतिक्रिया दिनुहोस्

LIVE TV