६ आश्विन २०७८, बुधबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आगामी निर्वाचनमा नेकपा एमालेलाई एक्लो बनाई हराउने दाउमा रहेका छन् ।

बुधबार सहाना प्रधानको सातौं स्मृतिमा आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै आगामी निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धन बनाएर एमालेलाई हराउने दाउमा रहेको अध्यक्ष नेपालले संकेत गरे ,

कार्यक्रममा उनले नेकपा (एस) देउवा नेतृत्वको सरकारमा छिट्टै सहभागी हुने र अहिलेको सत्ता साझेदार गठबन्धनलाई चुनावपछि पनि निरन्तरता दिने सोच रहेको बताएका छन् ।

उनले कार्यक्रममा भने, ‘पाँच दल मिलेर वाम–लोकतान्त्रिक गठबन्धन बनाएका छौं । यो सरकार आगामी चुनावसम्म सहकार्यका साथ अगाडि बढ्ने छ । त्योभन्दा अगाडिसम्म पनि बढाएर लैजाने हाम्रो सोच रहेको छ ।’

यसैगरी प्रदेश नम्बर एक र बागमती प्रदेशमा पनि सरकार विस्तार चाँडै हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV