६ आश्विन २०७८, बुधबार

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य नौँ सय रुपैँयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन मंगलबार ८९ हजार दुई सयमा कारोबार भएको थियो।

आज नौ सयले बढेर ९० हजार एक सय तोकिएको महासंघले जनाएको छ।

यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ६५० कायम गरिएको छ। तेजाबी सुन मंगलबार प्रतितोला ८८ हजार ७५० मा कारोबार भएको थियो।

महासंघका अनुसार चाँदीको मूल्य मंगलबारको तुलनामा आज प्रतितोला २५ ले बढेको हो। चाँदी मंगलबार प्रतितोला एक हजार १४० मा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

LIVE TV