६ आश्विन २०७८, बुधबार

तेह्रथुम । तेह्रथुमको लालिगुँरास नगरपालिका वडा नम्बर १ मा निर्माण गरिएको आलु भण्डारण केन्द्र आलु उत्पादन गर्ने किसानहरुको लागि बरदान साबित भएको छ ।

अघिल्ला बर्षहरुमा आफ्नै घरमा आलुको बिउ भण्डारण गर्दा आलु बिग्रिने र कम उत्पादन हुने समस्या खेप्दै आएका किसानहरुका लागि यो भण्डारण केन्द्र बरदान सरह भएको हो ।

बिभिन्न दातृ निकायहरुको सहयोगमा २ वर्ष अगाडि बनेको आलु भण्डारण स्टोरबाट लालीगुराँस नगरपालिका वडा नम्बर १, २ र ७ वडाका २ सय बढी कृषकहरुले लाभ लिई रहेका छन् ।

आलु भण्डारण केन्द्रमा अहिले दर्जन बढी किसानहरुले आफुलाई आबस्यक पर्ने आलुको बिउ भण्डारण गर्ने गरेका छन् । व्यवसायिक ताजा तरकारी पकेट क्षेत्र अन्तरगत यो नगरपालिकामा ११ वटा सामुदायिक संस्थाहरुद्धारा वेमौसमी तरकारी खेती गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV