६ आश्विन २०७८, बुधबार

भक्तपुर । भक्तपुरमा आठ दिन सम्म मनाउने येँन्याःपुन्ही (ईन्द्रजात्रा)को छैंठौं दिन आजबाट मुःपात्र जात्रा शुरु भएको छ ।

येँन्यापुन्हीको अवसरमा भक्तपुरमा मुःपात्र जात्रा तीन दिन निकालिन्छ भने अन्तिम दिन पुलुःकीसी नगर परिक्रमा गरि भब्यरुपमा जात्रा मनाउने परम्परा छ । यो जात्रा हरेक दिन साँझदेखि मात्र हुने गरिन्छ ।

जात्रामा मूःपात्र प्रमुख र धिःचा नामक अन्य दुई जना सहायक सहित तीनजनालाई राक्षसको पोसाक लगाई अनुहारमा विभिन्न रङ्ग लगाई तरवार सहित भक्तपुर नगरपालिका भित्र बिभिन्न टोलमा परिक्रममा गर्ने प्रचलन छ । नगरको बिभिन्न टोलहरुमा ठड्याईएको यमद्योलाई तिन चक्र लगाई तरवारले काटेको जस्तै नाटक गरिन्छ ।

मूःपात्र निस्कनु अघि पहिलो दिन सकुलाँ टोलका मानन्धरहरुले दत्तात्रय स्थित भिमसेन मन्दिरको अगाडी दुईवटा याँमता (आकाश दिप) बालिन्छ । याँमता त्रिशुल आकारको हुन्छ ।

त्रिशुलमा जस्तै माथि फर्काएका तिन वटा टुप्पामा कपडा बेरेर तोरीको तेल हालेर बालिने बत्ति नै याँमता अर्थात आकाश दिप हो । साथै आजै तचपाल (दत्तात्रीय) स्थित सलाँ गणेशलाई खटमा राखी भक्तपुर नगर परिक्रममा गराईन्छ । यो जात्रामा सलाँ गणेश बाजागाजा सहित तचपालमा ल्याएपछि याँमता बाल्ने गरिन्छ भने त्यसै स्थानमा मूःपात्रले गणेशलाई सिन्काको दियो बत्ती बाली चढाए पछि जात्रा शुरु भै नगर परिक्रमा गरिन्छ ।

जात्राका क्रममा मूःपात्रले नगरपरिक्र गरि टोलमा टोलमा ठड्याईएको यमद्योेलाई मु: पात्रले तिन पटक घुमेर तरवारले हान्ने गरिन्छ । जुन दृष्यलाई ईन्द्रका छोरा जयन्तसँग क्षमायाचना गरी जयन्तलाई बाँधिएको डोरी काटेको दृष्यको रुपमा व्याख्या गरिन्छ ।

यो जात्रा द्धापरयुगदेखि सञ्चालन भएतापनि मल्लकालमा भक्तपुरका राजा जगतप्रकाश मल्लले देवीपुराण पद्यपुराणहरुको संकलन गरी ती पुराणका कथाका आधारमा दृश्य अनुकरण गरी जात्रा प्रचलनमा ल्याएको सँस्कृतिकर्मीहरु बताउँछन् ।

जात्राको अन्तिम दिन शुक्रवार लाकुलाछेबाट पुलःुकिसी निकालि तःमारीमा लगेर तिन चकर लगाई अगाडी पछाडी दौडाउँदै नगर परिक्रमा गराई जात्रा गरिन्छ । अन्तिममा तःमारी मई ल्याएर समापन गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV