६ आश्विन २०७८, बुधबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेका नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी छन् ।

बुधबार नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा खड्कालाई मन्त्रीमा नियुक्त गरेकी हुन् ।

बुधबार दिउँसो १ बजे शपथपरराष्ट्रमन्त्रीमा नियुक्त भएका खड्काले सपथ लिने कार्यक्रम तय गरिएको छ । पदभार ग्रहण गरेपछि राति ८ः३० बजे संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन खड्का न्युयोर्क जाँदैछन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV