६ आश्विन २०७८, बुधबार

काठमाडौं । पराष्ट्रमन्त्रीको शपथ ग्रहण गरेर कार्यभार सम्हालेलगत्तै कांग्रेस सांसद डा नारायण खड्का न्यूयोर्क जानु हुने भएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसको सत्ता गठबन्धनको भएको बैठकले खड्कालाई मन्त्री बनाउने निर्णय गरेको छ । खड्कालाई बुधबार बिहान नियुक्त गरिने स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री नियुक्त गरेर आजै पद तथा गोपनीयताको शपथ खुवाउनु हुने छ । त्यसपछि उहाँले कार्यभार सम्हाल्नु हुने छ ।

मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्रमन्त्रीले नेपाली टोलीको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन जाने निर्णय गरेको थियो ।

त्यसैले सत्ता गठबन्धनका नेताहरुको मंगलबार बसेको बैठकमा डा खड्कालाई परराष्ट्रमन्त्री तत्काल नियुक्त गर्ने सहमति भएको थियो ।

उक्त महासभामा भाग लिन खड्का न्यूयोर्क जानु हुने भएको हो । मन्त्री खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डल न्यूयोर्क प्रस्थान बताइएको छ । महासभालाई नेपालको तर्फबाट खड्काले नै सम्बोधन गर्नुहुने छ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV