६ आश्विन २०७८, बुधबार

एजेन्सी । साविक विजेता एट्लेटिको म्याड्रिड ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा गेटाफेलाई २–१ ले हराउँदै एट्लेटिको म्याड्रिड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

एट्लेटिको म्याड्रिडलाई जित दिलाउनको लागि खेलको अन्त्यतिर उरुग्वेली फरवार्ड लुइस सुआरेजले दुई गोल । घरेलु टोलीले एक गोल उपहार पाएको थियो ।

४५ औं मिनेटमा जन ओब्लकले आफ्नै पोस्टमा गोल गरेपछि गेटाफेले अग्रता लिएको थियो । तर त्यो अग्रतालाई गेटाफेले जोगाउन सकेन ।

७८औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले मारियो हर्मोसोको पासमा गोल गरेका थिए ।

९० औं मिनेटमा लुइस सुआरेजले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै टोलीलाई २-१ को पूनरागमनसहित महत्वपुर्ण ३ अंक दिलाए ।

यो जितसँगै अपराजित रहेको एट्लेटिको म्याड्रिड १४ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । एट्लेटिकोले एक खेल कम खेलेको रियल म्याड्रिडलाई १ अंकले पछि पारेको छ । पराजित गेटाफे अंकविहीन हुदै पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV