६ आश्विन २०७८, बुधबार

आज मिति २०७८ साल असोज ६ गते बुधबार । असोज कृष्ण प्रतिपदा ०६  : ०५ :१३ बजेसम्म । सुर्योदय  ०५: ५२ :१७ सुर्योस्त १८:०० :२२ । निमान १२ घ ०८ मि । नेपाल सम्वत ११४१ ञंलागा पारु । नक्षत्र रेवती भोलि ०६ :५५ :१४ बजेसम्म । करण कैलव ०६  : १३ बजेसम्म । योग वृद्धि १४ : ०२  :२५ सम्म । चन्द्रोदय १९ :१ :५७ ।

मेष : आर्थिक संकट हुनेछ ठूला योजनाहरु नबनाउनु होला । सोचे भन्दा फरक दिन हुने छ । पुराना साथीभाइसँगको भेटघाटले मनमा आनन्द भने आउने छ । मध्यान्नपछिको समय भने केहि राम्रो हुने छ । ।

वृष : सामाजिक पद प्रतिष्ठा प्राप्त हुने छ । रोकिएका तथा विग्रिएका कार्यहरु बन्ने छन् । आर्थिक क्षेत्र राम्रो रहने छ पारिवारिक सम्बन्ध राम्रो रहने छ । व्यपार व्यवसायबाट राम्रो आम्दानी हुने छ ।

मिथुन : अध्यय अध्यापन राम्रो रहने छ । नयाँ कार्यको थालानि गरिनेछ । राजनैतिक नियुक्ति हुने योग देखिएकोछ। पारिवारिक किचलो बढ्ने छ, भने सामाजिक क्षेत्र राम्रो हुनेछ ।

कर्कट : मनमा अनेक कुराहरू खेल्नाले कामगर्ने उत्साहा हराएर जानेछ । प्रेम प्रेमिकाको क्षेत्र राम्रो देखिन्छ । स्वास्थ्यमा सामान्य समस्या आउने देखिन्छ खानपानमा ध्यान दिनु ।

सिंह : झुटो कुराको सामना गर्नुपर्ने छ । आर्थिक सम्पन्नता सामाजिक प्रतिष्ठा मिल्नेछ । नसोचेको व्यक्ति देखि सहयोग प्राप्त हुनेछ । राजनैतिक क्षेत्रभने त्यत्ति राम्रो रहने छैन ।

कन्या : पद प्रतिष्ठ बढ्ने छ विद्यार्थी वर्गको लागि राम्रो समय रहने छ, आर्थिक कारोवार आजको दिनमा गर्दै नगर्नु होला , मिष्ठान्न भोजनको अवसर मिल्ने छ ।

तुला : पारिवारिक जीवन सन्तोषप्रद रहने छ , रोकिएका कार्यहरु बन्ने छन कृषक वर्गको लागि राम्रो दिन रहने छ स्वास्थ्यमा समस्या आउनसक्छ त्यसैले विहान बेलुकी योग ध्यान गर्न होला ।

वृश्चिका : व्यपार व्यवसायमा आर्थिक भार व्यहोर्नु पर्ने छ । शत्रु बढ्ने छन भने आर्थिक-सामाजिक अवस्था त्यत्ति रहने छैन । वुवा आमा वा मान्यजन देखि भने सहयोग पाउने योग छ ।

धनु : सोचेका कार्यहरू सम्पन्न हुनाले मनमा उत्साह र उमङ्ग बढ्ने छ । सामाजिक सहयोग मिल्नेछ भने केहि कार्यमा बाधा श्रृजित गर्ने व्यक्ति ले दुःख दिने छन् ।स्वास्थ्यको ख्याल गर्नु पर्ने देखिछन ।

मकर : वैदेशिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ आर्थिक क्षति हुने हुदा अतिनै संबेदनसिल हुनु होला साथीसंगि संगपनि भेटघाट कार्यक्रम नगर्नु होला ।

कुम्भ : विद्यार्थी वर्गको लागि राम्रो रहने छ । व्यपारीक वर्गको लागि त्यत्ति राम्रो दिन रहने छैन । स्वास्थ्यमा सुधार आउनेछ । नसोचेको आर्थिक भार वहन गर्नु पर्नेछ ।

मीन : स्वास्थ्य राम्रो रहने छ आजको दिनमा आर्थिक कारोवार गर्दै नगर्नु होला पारिवारिक जीवन सन्तोषप्रद रहने छ ।घर गाडी भित्रिने योग छ । व्यपार व्यवसायम पनि त्यत्ति राम्रो हुने छैन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV