५ आश्विन २०७८, मंगलवार

रौतहट । रौतहट प्रहरीले ४० किलो चाँदी सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मलंगवा नगरपालिका वडा नम्बर २ का ३५ वर्षिय विद्यानन्द साह सोनार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अुनसार मंगलबार बिहान गौर नगरपालिका वडा नम्बर ४ गौर बसपार्कमा रहेको अस्थाई प्रहरी पोष्टबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले उनलाई चाँदी सहित पक्राउ गरेको हो ।

प्रहरीले विभिन्न सवारी साधन तथा पैदल यात्रीहरु समेतलाई रोकी चेक जाँच गर्ने क्रममा बस काउण्टरबाट दुबै हातमा कालो रंगको झोला बोकी पश्चिम तर्फ आउँदै गरेका सोनारलाई चेक जाँच गर्दा दुबै झोलामा कार्टुन भित्र सिलबन्दी गरिएको सेतो रंगको प्लाष्टिक भित्र चाँदीका स–साना टुक्राहरु फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

प्रहरीले सुन चाँदी व्यवसायी संघबाट परीक्षण गरेर चाँदी रहेको पुष्टि गरेको उहाँले जनाउनुभयो ।

जिल्लाका प्रहरी प्रवक्ता नारायण प्रसाद चिमोरियाका अनुसार यसरी बरमाद गरिएको चाँदीको बजार मुल्य ३९ लाख ४४ हजार रहेको र बरामद गरिएको चाँदी तथा पक्राउ परेका सोनारलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV