५ आश्विन २०७८, मंगलवार

.काठमाडौं । नेपाली महिला फुटबल टोली एएफसी महिला एसियन कप–२०२२ छनोटको समूह चरणबाट बाहिरिएकोपछि नेपालको वुमन्स एसियन कप खेल्ने सपना पूरा नहुने भएको छ ।

उज्वेकिस्तानमा आज भएको दोस्रो खेलमा नेपाल हङकङसंग गोलरहित बराबरीमा रोकिएपछि एएफसी वुमन्स एसियन कप २०२२ को छनोटमा नेपाल नपर्ने भएको हो ।

समूह एफ अन्तर्गतको पहिलो खेलमा फिलिपिन्ससंग २–१ गोलले पराजित भएको नेपाल दोस्रो खेलमा मंगलबार हङकङसग गोलरहित बराबरीमा रोकियो । नेपालले एसियन कप पुग्ने सम्भावना कायम राख्न हङकङलाई पराजित गर्नैपर्ने थियो ।

नेपालले पहिलो पटक हङकङसंग बराबरी खेलेको हो । यसअघि सन् १९९९ मा एसियन च्याम्पियनसिपमै यी दुई टोली पछिल्लो पटक खेलेका थिए ।

यसअघि तीन पटक एसियन कप खेलिसकेको नेपालले पहिलो पटक छनोट खेलेको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV